आदिवासीको भूमि गण्डकी प्रदेशमा सांसदले किन लिएनन् मातृभाषामा शपथ ?

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । गण्डकीका ६० मध्ये ३ सांसदले मात्र मातृभाषामा शपथ लिएका छन् । गण्डकीलाई गुरुङ जातिको उद्गम थलोका रुपमा लिने गरिन्छ । गण्डकी प्रदेशमा सबैभन्दा बढी समानुपातिक क्लष्टरमा आदिवासी जनजाति पर्छन् । ४२.३७ प्रतिशतभन्दा बढी आदिवासी जनजातिबाट प्रतिनिधित्व हुन्छ । यहाँ खसआर्यको ३७.२४ प्रतिशत मात्रै प्रतिनिधित्व छ । गण्डकीमा आदिवासी जनजातिबाट २३ जना सांसद निर्वाचित भएका छन् ।

तिमध्ये अधिकांशले नेपाली भाषामै शपथ लिए । ३ जना सांसदले मात्रै आफ्नो मातृभाषामा शपथ लिएका छन् । कास्कीकी सरस्वती गुरुङ, स्याङजाका पञ्चराम गुरुङ र लमजुङकी पार्वती तामाङले मात्रै आफ्नो मातृ भाषामा शपथ लिनुभएकाे हाे । उहाँहरु आफ्नै जातिको पहिरनमा सजिएर संसद छिर्नुभएकाे थियाे । अरु सांसदहरू मातृ पहिरनमा सजिए पनि शपथ भने नेपाली भाषामा लिए ।

मातृभाषामा शपथ लिने मध्ये सरस्वती र पार्वती नेपाली कांग्रेसका हुनुनुहुन्छ भने पञ्चराम राप्रपाका हुनुहुन्छ । जातीय एकता देखाउनकै लागि आफुले मातृभाषामा शपथ लिएको सांसद सरस्वती गुरुङले बताउनुभयाे । ‘यो एकताको प्रतिक हो । सबै जातजातिका व्यक्तिहरुको फूलबारी हो गण्डकी भन्ने सन्देश गएको छ,’ उहाँले भन्नुभयाे । मातृभाषामा शपथ लिने तीनै जना समानुपातिक सांसद हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?