डलरको भाउ अहिलेसम्मकै उच्च

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार, आज डलरको भाउ अहिलेसम्मकै उच्च रहेको छ । बुधबार एक डलरको खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा रहेको थियो । तर, शुक्रबार एक डलरको विनिमय दर खरिद दर १३३.१४ र बिक्रि दर १३३.७४ रुपैयाँ पुगेको हो ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ २८ पैसा र बिक्री दर १४६ रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९८ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८७.८४ रुपैयाँ र बिक्री दर ८८.२३ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ २२ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९ रुपैयाँ ०५ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ २५ पैसा र बिक्री दर १० रूपैयाँ २९ पैसामा खरिदबिक्री गर्न सकिनेछ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४९ रुपैयाँ र बिक्री दर ३५.६५ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.५७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७० रुपैयाँमा कारोबार गरिनेछ ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३१.११ पैसा र विक्रीदर ४३३.०५ पैसामा कारोबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?