सांसदहरुको विद्युतीय हाजिरीको तयारी गर्न सभामुख घिमिरेको निर्देशन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सभामुख देवराज घिमिरेले सांसदहरुको ईहाजिरी (विद्युतीय हारिजी) को व्यवस्था गर्न संघीय संसद सचिवालयलाई निर्देशन दिनुभएको छ ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा उहाँले ईहाजिरीको तयारी गर्न र राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न संसद सचिवालयलाई निर्देशन दिनुभएको हो ।

ईहाजिरी सुरु गर्ने र सभाका सदस्यरुको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे भएको छलफलमा सभामुख घिमिरेले संसदमा सांसदहरुको उपस्थिति कमजोर भएको बताउनु भयो ।

यसले सांसद तलबभत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ रहेको भन्दै उहाँले सांसदहरु बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउनु भएको छ ।

साथै बैठकमा उहाँले संसदीय सुनुवाई समितिसहित दुई संयुक्त समिति तीन दिनभित्र टुंग्याउनुपर्ने र समितिको नेतृत्व पनि यही बीचमा टुंगो लगाउनुपर्ने धारणा राख्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?