रुचाललाई वर्ष खेलाडी सम्मान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाई संघले गुणराज रुचाललाई शुक्रबार वर्ष खेलाडीको रूपमा सम्मान गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्चमासम्पन्न एक कार्यक्रमकाबीच रुचाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षंपतीले सम्मान गर्नुभयो । रुचालले नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्राप्त गर्नुभयो ।

रुचालले आठौं इण्डो नेपाल मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए भने नोभेम्बरमा थाइल्याण्डमा सम्पन्न प्रो फाइटमा च्याम्पियन बन्नुभएको थियो । त्यस्तै रुचाल थाइल्याण्डमै सम्पन्न वल्र्ड मुवाँथाई च्याम्पियनसिपमा कास्य पदक जित्न सफल हुनुभयो ।
संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका विजेता खेलाडलाई पनि सम्मान गर्‍यो । जेनिका राई नगद १० हजार रुपैयाँबाट सम्मानित हुँदा मुकेश लुइटेड नगद पाँच हजारबाट सम्मानित हुनुभयो । जेनिकाले नोभेम्बरमा सम्पन्न १७औं वल्र्ड च्याम्पियनसिपमा कास्य पदक जित्नुभयो । मुकेशले भुटानमा सम्पन्न साग किक बक्सिङ च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुभएको थियो । त्यस्तै, संघले गोकर्णेश्वर मुवाँथाई कमिटी र सुनसरी जिल्ला मुवाँथाइ संघलाई पनि सम्मान ग¥यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?