नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक शुरु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक शुरु भएको छ ।

बैठक पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा शुरु भएको हो । बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिस्थितिबारे बेलैमा विचार नगर्दा अप्रत्याशित घटना भइ गठबन्धन भंग भएको बताउनु भयो ।

उहाँले राजनीतिमा नयाँ किसिमको चुनौति देखापरेको र यसलाई आगामी दिनमा सम्बोधन गर्दै अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । बैठकले आफ्नो पार्टी नयाँ गठबन्धनको सरकारमा जाने/नजाने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ ।

यसअघि पनि अध्यक्ष नेपालले भर्चुअल बैठकबाट सरकारमा सहभागि हुने वा नहुने भन्नेबारेमा भुगोलका नेताहरुसँग छलफल गर्नुभएको थियो । स्थायी कमिटीको बैठक अहिले पार्टी कार्यालयमा जारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?