एकीकृत समाजवादी सरकारमा सहभागी हुने/नहुने निर्णय पोलिटब्युरो बैठक पछि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले नेकपा एमालेसँगको पार्टी एकता बाहिरी हल्लामात्रै भएको बताउनुभएको छ ।

आईतवार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीले भोलि (सोमवार) का लागि पार्टीको पोलिटब्युरो बैठक डाकेको पनि बताउनु भयो ।

उहाँले पोलिटब्युरो बैठकबाट आएका सुझावहरुका आधारमा मात्रै सरकारमा जाने वा नजाने भन्ने विषयको टुंगो लाग्ने बताउनु भयो । उहाँले दुई दिनसम्म चलेको पार्टीको स्थायी कमिटी बैठकमा समसामयिक र राजनीतिक विषयमा पार्टीको दृष्टिकोणका बारेमा छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको स्थायी कमिटीको बैठकले भेलि पोलिटब्युरो बैठकको आयोजना गरेका छौँ । पोलिटब्युरो बैठकले के सुझाव दिन्छ, त्यसपछि मात्रै यावत विषयहरुमा थप धारणाहरु बाहिर ल्याउनेछौँ । हामीले समसामयिक राजनीतिक विषयमा पार्टीको दृष्टिकोणका बारेमा छलफल गरेका थियौँ । यो बैठकले पार्टी निर्माण, सुदृढीकरण र बिस्तारका बारेमा छलफल गरेको छ । पार्टी एकता बाहिरको हल्ला मात्रै हो ।’

उपमहासचिव खतिवडाले बैठकले पार्टी निर्माण, सुदृढीकरण र बिस्तारका बारेमा छलफल गरेको पनि बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?