जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको भरतपुर महानगरपालिका २८ मा शनिबार राति आँगनमा आगो तापिरहनुभएकी ७० वर्षीया भागीरथी सुवेदीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते हुनुभएकी सुवेदीको भरतपुर अस्पतालमा उपचारको क्रममा शनिबा्र राति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।

उहाँको शव भरतपुर अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?