चार अर्बको सेयर कारोबार

Read Time = 3 mins

काठमाडौं । नयाँ सरकारसँगै बढ्दो क्रममा रहेको सेयर बजारमा साताको पहिलो दिन आइतबार १७.२६ अंकले बढेर २०४६.२९ अंकमा पुगेको छ । नेप्सेमा दोहोरो अंकको वृद्धिसँगै कारोबार रकम बढेर चार अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार कुल एक करोड आठ लाख ८० हजार नौ सय चार कित्ता सेयर चार अर्ब चार करोड ८८ लाख ७९ हजार पाँच सय १० रुपैयाँमा कारोबार भएका छन् ।

कुल कम्पनीमध्ये एक सय २१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८७ कम्पनीको सेयर घटेको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.७२ अंकले बढेर ३९४.०२ अंकमा पुगेको छ । कारोबार भएका कुल १३ समूहमध्ये दुई समूहगत सूचक घटेकोमा ११ वटाको बढेको छ । कारोबारपछि बजार पुँजीकरण २९ खर्ब ५९ अर्ब ४१ करोड ७५ लाख ४३ हजार दुई सय ३२ रुपैयाँ बराबर रहेको छ ।

कारोबारका आधारमा शीर्ष स्थानमा रहेको नबिल बैंकको २२ करोड ५७ लाख ४८ हजार नौ सय ७९ रुपैयाँ बराबरको कारोबार भएको छ भने नेपाल दूरसञ्चार कम्पनी १९ करोड ८८ लाख एक हजार तीन सय २१ रुपैयाँ, हिमालयन डिस्टिलरी १५ करोड ८० लाख ३१ हजार चार सय ५७ रुपैयाँ, एनआइसी एसिया बैंकको १० करोड तीन लाख ८३ हजार तीन सय ८७ रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको नौ करोड २९ लाख ४८ हजार सात सय २५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सिर्जनशील लघुवित्त, खप्तड लघुवित्त, धौलागिरि लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लागेको छ भने अजोड इन्स्योरेन्स ९.९८ र प्रभु लाइफ इन्स्योरेन्सको ९.९८ प्रतिशतले बढेको छ । सिद्धार्थ इक्विटी फण्ड सर्वाधिक ५.५७ प्रतिशत, नेपाल बैंकको ऋणपत्र ३.९२, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट ३.८४, मिथिला लघुवित्त ३.६९ र रिभर फल्स पावरको सेयर मूल्य ३.६५ प्रतिशतले घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?