प्रधानमन्त्री पुष्पकमल दाहाल र निर्वाचन आयोगका टोलीबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र निर्वाचन आयोगका पदाधिकारीहरूबीच आज बालुवाटारमा भेटवार्ता भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार पुगेका निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्री प्रचण्डले गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाा सदस्य निर्वाचनको समीक्षा गर्दै राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि गरिने निर्वाचनको विषयमा छलफल भएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने तयारी भइरहेका बेला प्रधानमन्त्रीसँग आयोगको टोलीले भेटवार्ता गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहाल, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, मन्त्रीहरू र आयोगका पदाधिकारीहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?