जसपा राजनीतिक समितिको बैठक आज पनि बस्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठक आज पनि बस्दै छ । सोमबारदेखि सुरु भएको बैठकमा जसपाका नेताहरूले समसामयीक राजनीतिक विषयमा छलफल गर्न थालेका छन् ।

बैठकमा संघीय परिषद् अध्यक्ष अशोककुमार राईद्वारा प्रस्तुत ‘मुलुकको वर्तमान राजनीतिक परिस्थिति र हाम्रो पार्टीको भूमिका’ र पार्टी अध्यक्ष उपेन्द्र यादवदवरा प्रस्तुत ‘प्रतिनिधि सभाप्रदेश सभाको निर्वाचन सम्बन्धी समीक्षा’ प्रतिवेदनमा छलफल भएको थियो ।

एकैपटक प्रस्तुत प्रतिवेदनमा बोल्नका लागि ४० जना नेताहरूले नाम टिपाएका छन् । सोमबार २७ जना नेताहरूले ती प्रतिवेदनमाथि आफ्नो धारणा राखेको पार्टी प्रचार विभागले जनाएको छ ।

निर्वाचनको सम्मुखमा गठबन्धन तोडेर एमालेसँग तालमेल गर्नुले कार्यकर्ताहरुमा अन्योल सिर्जना गरेको र अपेक्षाकृत परिणाम हासिल गर्न नसकिएको केही नेताहरूले तर्क राखेका छन् ।

आजको बैठकमा यसबारे थप छलफल हुने र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?