प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जानु भएको थियो ।

उहाँहरुबीच वर्तमान समसामयीक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तय गर्नुभएको छ । यस विषयमा पनि कुरा भएको सचिवालय जनाएको छ । साथै मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल भइरहेको बुझिएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?