रोनाल्डो साउदी क्लब अल नसरमा सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साउदी अरेबियाको क्लब अल नसरले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई सार्वजनिक गरेको छ।

घरेलु मैदान म्रसोल पार्कलाई मंगलबार राति एक विशेष समारोहमा अल नसरले रोनाल्डोलाई सार्वजनिक गरेको हो ।

रोनाल्डोलाई स्वागत गर्न हजारौँ समर्थक मैदानमा पुगेका थिए । सार्वजनिक कार्यक्रममा बोल्दै रोनाल्डोले युरोपमा आफ्नो भूमिका सकिएको तथा अब नयाँ चुनौती सामनाको लागि तयार रहेको बताएका छन् । रोनाल्डोले साउदीको क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् ।

रोनाल्डो सन् २०२५ सम्म साउदी अरेबियाको क्लबमा रहने छन् । साउदी अरेबियामा अल नसरका समर्थकहरुलाई आधिकारिक रूपमा सार्वजनिक कार्यक्रममा बोल्दै रोनाल्डोले नयाँ चुनौती सामनाको लागि तयार रहेको बताए ।

‘अहिलेसम्म म धेरै राम्रो महसुस गर्दैछु, म मेरो जीवनमा यो ठूलो निर्णय लिएकोमा मा गर्व गर्छु’ उनले भने ‘युरोपमा मेरो भुमिका सकियो मैले सबै जितेँ मैले सबैभन्दा महत्वपूर्ण क्लबहरुका लागि खेलें र मेरो लागि यो नयाँ चुनौती हो ।’ प्रसिद्ध पोर्चुगिज स्टार ‘सिआर–७’ हेर्न रियादको म्रसुल पार्कमा समर्थकहरू भेला भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?