गुणस्तरीय मंगलम् प्रोड्रेन पाइप

Read Time = 2 mins

काठमाडौं । घर निर्माण गर्दा ढल व्यवस्थापनको पक्ष अत्यन्तै महत्वपूर्ण हुन्छ । त्यसका लागि उचित ड्रेनेज प्रणाली पनि जरुरी पाटो हो । मंगलम इन्डस्ट्रिज प्रालिका अनुसार बजारमा धेरै प्रकारका पाइप उपलब्ध रहे पनि मेकानिकल, थर्मल, रासायनिक सबै पक्षमा उत्कृष्ट मंगलम् प्रोडे«न पाइप्स परम्परागत पाइपिङ प्रणालीभन्दा अब्बल रहेको छ ।

कम्पनीका अनुसार मंगलम् प्रोड्रेन पाइप रिङफिट र सेल्फ फिट दुवैमा उपलब्ध छन् भने आइएसएम १३५९२, आइएसओका साथै नेपाल गुणस्तर प्रमाणित छ ।

छिटो र सजिलै जडान गर्न सकिने, जोइन्ट बनाउन कुनै सल्भेंट सिमेन्ट आवश्यक नपर्ने मंगलम् प्रोड्रेन पाइप आवासीय तथा व्यावसायिक भवन, कारखाना, गोदामलगायत सार्वजनिक स्थानमा सरल तरिकाले ड्रेनेज डिस्पोजलका लागि समेत उपयोगी रहेको कम्पनीको भनाइ छ । मंगलम्का सबै उत्पादन उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?