तराईमा हुस्सु, पहाडी क्षेत्रमा आंशिक बदली

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै ठाउँमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो केही पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने अनुमान छ ।

राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू-भागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।

अबको २४ घण्टा तराईका धेरै भू-भागमा बाक्लो हुस्सु/कुहिरो लाग्नेछ र दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यसैबीच, तराईमा एक सातादेखि लागेको शीतलहर कायमै रहेको छ । महाशाखाका अनुसार १७ पुसदेखि तराईमा शीतलहर चल्न थालेको हो ।

नेपालगन्जदेखि सिमरा क्षेत्रमा शीतलहर बढ्दै गएको र नेपालगन्जदेखि महेन्द्रनगरमा पनि सुरु भएको महाशाखाले जनाएको छ । सिमराभन्दा पूर्वको तराईमा न्यूनतम तापक्रम घटेर चिसोको लहर बढेको छ ।

महाशाखाले शीतलहरको अवस्था केही दिन कायमै रहने जनाएको छ । पछिल्ला दिनमा तराईमा दिनभर हुस्सु/कुहिरो लाग्दै आएको छ । आज बिहान पनि तराईमा बाक्लो हुस्सु छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?