बुटवलमा अज्ञात समूहको आक्रमणमा परि बाबुको मृत्यु, दुई छोरा घाइते

हिमालय टाइम्स
Read Time = 1 min

बुटवल । बुटवल उपमहानगरपालिका–१३ बेलबासमा एक परिवारमाथि अज्ञात समूहले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।

बेलबास झोलुंगेपुल निवासी ५५ वर्षीय यमप्रसाद नेपालको परिवारमाथि अज्ञात समूहले आक्रमण गरेको हो । आक्रमणमा परी नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुई छोराहरू दिवस र दिपेश नेपाल घाइते भएका छन् । उनीहरूमाथि कस्ले आक्रमण गरेको हो भन्नेबारे खुल्न नसकेको र अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?