सम्झना कप टेबलटेनिस अर्को महिना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ललितपुर टेबलटेनिस क्लबको आयोजनामा पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने भएको छ । सो प्रतियोगिता माघ १७ देखि २१ गतेसम्म सञ्चालन हुनेछ । आयोजक ललितपुर टेबलटेनिस क्लब र सम्झना ल्याबोरेटरी क्लिनिकबीच बुधबार प्रायोजन सम्झौता पनि भएको छ ।

ललितपुर टेबलटेनिस क्लबका अध्यक्ष उर्दिप जोशी र सम्झना ल्याबोरेटोरी क्लिनिककी निर्देशक रजना श्रेष्ठ जोशीबीच सम्झौता पत्र आदान प्रदान भयो । सो सम्झौताअनुसार प्रतियोगिताको अनुमानित बजेट २२ लाख ५५ हजार रुपैयाँमध्ये ५० प्रतिशत खर्च सम्झना ल्याबोरेरटीले व्यहोर्ने बताइएको छ । प्रतियोगितामा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, थाइल्याण्ड, युएई, जापान, फ्रान्स, इंगल्याण्ड, दक्षिण कोरियाका करबि पाँच सय खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रतियोगितमा पुरुष/महिला एकल र टिम, भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिलामा ४० वर्षमाथि गरी सात स्पर्धामा खेल हुनेछ । एकल र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । भेट्रानतर्फ विजेतालाई २० हजार, उपविजेतालाई दश हजार तथा तेस्रोलाई पाँच हजार रुपैयाँबाट पुरस्कृत गरिने छ । प्रतियोगितको कूल पुरस्कार राशि पाँच लाख रुपैयाँ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?