युनाइटेड एफए कपको चौथो चरणमा

Read Time = 2 mins

लण्डन । एभर्टनलाई ३-१ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । युनाइटेडको जितमा एन्टोनी र मार्कस रासफर्डले गोल गर्दा एक गोल उपहार पायो । एभर्टनका कोनर कोडीले एक गोल फर्काउनुभयो ।

खेलको चौथो मिनेटमा एन्टोनीको गोलबाट युनाइटेडले अग्रता लियो । १४औँ मिनेटमा कोनर कोडीले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । ५२औँ मिनेटमा कोनर कोडीले आत्मघाती गोल गरेपछि युनाइटेड खेलमा २-१ ले अघि बढ्यो ।
त्यसपछि इन्जुरी समयको थप गरिएको सातौँ मिनेटमा मार्कस रासफर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ३-१ को सहज जित दिलाउनुभयो ।

यता लियोनेल मेस्सी, नेमार र केलियन एमबाप्पे नभए पनि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले कप डि फ्रान्समा तेस्रो डिभिजनको च्याटाउरोक्समाथि ३-१ कै जित हात पार्‍यो । पिएसजीको जितमा हृयुगो इटिके, कार्लाेस सोलेर र जुआन बर्नाटले गोल गर्नुभयो । च्याटाउरोक्सका नाटानिएल एन्टोलाले एक गोल फर्काउनुभयो ।

खेलको १३औँ मिनेटमा इटिकेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लियो । ३७औँ मिनेटमा नाटानिएल एन्टोलाले एक गोल फर्काउनुभयो । ७८औँ मिनेटमा कार्लाेस सोलेरले गोल गर्दै पिएसजीलाई २–१ ले अघि बढाउनुभयो । इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा जुआन बर्नाटले गोल गर्दै पिएसजीलाई ३-१ को जित दिलाउनुभयो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?