युडब्लुएस नेपालले चार जिल्लाका ७६ विद्यालयमा लगानी गर्दै

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर (संखुवासभा) । शैक्षिक क्षेत्रमा कामगर्दै आएको युडब्लुएस नेपालले पहाडी जिल्ला सङ्खुवासभासहित चार जिल्लाका ७६ विद्यालयमा लगानी गरेको छ । युडब्लुएस नेपालले ७६ विद्यालयमा पाँच सय ९ वटा कक्षाकोठा निर्माण गरिसकेको छ । सो निर्माण कार्यबाट १३ हजार नौ सय २८ विद्यार्थीलाई प्रत्यक्ष राहत पुगेको युडब्लुएस नेपालले जनाएको छ ।

खाँदबारीमा आयोजित स्थानीय सरोकारवालाहरूको छलफलमा सङ्खुवासभाका १० वटा मध्ये ९ पालिकाका ४९ विद्यालयमा शैक्षिक  सुधारका कार्यक्रम लागु गरेको जानकारी दिईएको छ । यस बाहेक गुल्मीमा १८ र ताप्लेजुङका ५ विद्यालयमा कार्यक्रम सञ्चालन भएको छ ।

आगामी बर्ष भोजपुर, हुम्ला, धनकुटा र तनहुँमा पनि यो कार्यक्रम अघि बढाईने बरिष्ठ शिक्षा अधिकृत अनुज सिग्देलले जानकारी दिनुभयो । एउटा विद्यालयको भवननिर्माणमा ३५ देखि ४५ लाखसम्मको लागतलागेको उहाँको भनाई छ । २०७२ सालमा स्थापनाभएको संस्थाले गुल्मी, ताप्लेजुङ र संखुवासभामा गरी ७२ वटा विद्यालयभवनहरु निर्माण गरिसकेको सिग्देलले बताउनुभयो ।

ग्रामीण क्षेत्रका सिमान्तकृत र पछाडी परेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन संस्थाले काम गर्दै आएको छ । विद्यालयमा विद्यार्थीले बिचैमा कक्षा छाड्ने दरलाई कम गर्न परियोजनाले काम गर्दै आईरहेको छ । विद्यार्थीले बिचैमा कक्षा छाड्नुको कारण पहिचान गरी रोक्नका लागि विद्यालय अवधारण टोली गठन गरी कामगर्दै आएको र ९८ प्रतिशत सफलभएको परियोजनाका प्रतिनिधिको धारणा छ ।

आधारभूत तहमा शिक्षाको जग राम्रो बसाउन आफूहरुले हरदम प्रयास गरेको सिनियर एजुकेसन म्यानेजर नतासा काफ्लेले बताउनुभयो । १८ वटा विद्यालयका एक हजार तीन सय ४१ विद्यार्थीलाई निरन्तर शिक्षामाजोड्न आफूहरु सफलभएको काफलेको भनाई छ । छ वटा स्थानीयतहमा यो परियोजनाले काम गरेको र अन्य स्थानीयतहमा पनि मागको आधारमा कार्यक्रमहरु गर्दै जाने संस्थाले जनाएको छ  ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?