सूर्यज्योति लाइफलाई आइएसओ

Read Time = 1 min

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आइएसओ गुणस्तर चिहृन प्राप्त गरेको छ । युनाइटेड रजिस्टर अफ सिस्टम (युआरएस) ले कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरका आधारमा आइएसओ ९०००१ः२०१५ को मान्यता प्रदान गरेको हो ।

सूर्यज्योति लाइफले जनवरी ४ सन् २०२३ मा आधिकारिक गुणस्तर चिहृन प्रमाणपत्र प्राप्त गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले जानकारी दिनुभयो । गुणस्तर प्रमाण चिहृन प्राप्तिसँगै कम्पनीले कार्यविधि र प्रविधिमा परिमार्जन र थप सुदृढ गर्दै बीमितलाई सेवा सुविधामा थप सबल र सहज पार्दै लैजाने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?