बुबाको हत्या गर्नेलाई कैद सजाय

सांकेतिक तस्बिर

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 2 mins

बागलुङ । बुबाको हत्या गरेको आरोपमा पक्राउ परेका बागलुङको गलकोट नगरपालिका–८ का २२ वर्षीय अनिल सार्कीलाई १० वर्ष कैद सजाय भएको छ ।

आमा ४० वर्षीय कुमारी सार्कीसँग मिलेर आफ्नै बुवा ४० वर्षीय धनबहादुर सार्कीको हत्या गरेको आरोपमा आमाछोरालाई प्रहरीले ०७७ चैत ३ गते पक्राउ गरेको थियो ।

जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको ०७९ पुस ६ गतेको इजालाशले श्रीमानको हत्यामा संलग्नता नरहेको भन्दै कुमारीले सफाई पाएकी थिइन् । भने, धनबहादुरको हत्या छोरा अनिलले गरेको ठहर गर्दै सजाय निर्धारणको लागि पेश भएको थियो ।

धनबहादुरको मनासायपूर्वक हत्या गरिएको ठहर गर्दै जिल्ला न्यायाधीश दिवाकर भट्टको पुस २५ गतेको अन्तिम आदेशले अनिललाई कैदसँगै १ लाख रुपैयाँ जरिवाना फैसाला गरेको जिल्ला अदालत बागलुङका श्रेष्तेदार सुर्यप्रसाद भण्डारीले बताउनुभयो ।

०७७ चैत १ गते धनबहादुरलाई कुटपिट गरी घरमै लुकाएर राख्दा ३ गते मृत्यु भएको भन्दै धनबहादुरका दाजु जुठे सार्कीले बुहारी र भतीज विरुद्ध प्रहरीमा ०७७ चैत ४ गते कर्तव्य ज्यान कसुर शिर्षकमा मुद्दा दर्ता गराएका थिए ।
कुमारी र सुनिल तत्कालिन जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको ०७७ चैत २९ गतेको आदेशले पुर्पक्षको लागि थुनामा रहेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?