गुप्त एसियाली भारोत्तोलनमा

हिमालय टाइम्स
Read Time = 1 min

दिक्तेल । नेपाल भारोत्तोलन संघका प्रथम उपाध्यक्ष पार्थ सारथी सेन गुप्त एसियाली भारोत्तोलन संघको कार्यकारी समितिको सदस्यमा निर्वाचित हुनुभएको छ । ४४ राष्ट्रका मतदातामध्ये गुप्त ३८ मतसहित सदस्यमा निर्वाचित हुनुभएको भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जनाउनुभएको छ ।

यसअघि गुप्त एसियाली भारोत्तोलन संघअन्तर्गत प्राविधिक कमिटीको सचिव हुनुहुन्थ्यो । पुस २१ गते कतारको दोहामा भएको चुनावी साधारणसभामा अध्यक्ष श्रेष्ठ, गुप्तसहित महासचिव तिलक राउत सहभागी हुनुहुन्थ्यो ।

अध्यक्ष श्रेष्ठले गुप्त निर्वाचित भएकोमा बधाई दिँदै एसियाली भारोत्तोलन संघमा नेपालको उपस्थितिले सिंगो नेपाली भारोत्तोलनको विकासमा अझ टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?