काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौं कमलपोखरी इकाई समिति र स्वास्थ्य कार्यालय काठमाडौंको संयुक्त आयोजनामा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । ग्रिल व्यवसायमा पछिल्लो समय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी पर्याप्त जानकारी नहुँदा दुर्घटना बढेको नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले बताउनुभयो । ग्रिल व्यवसाय अन्य व्यवसायभन्दा बढी जोखिमपूर्ण भएकाले तालिमले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख अर्जुन सापकोटाले ग्रिल व्यवसायलाई व्यवस्थित गरी उत्पादकत्व बढाउन र जोखिम घटाउन तालिम निकै उपयोगी हुने बताउनुभयो । सो अवसरमा महासंघ उपाध्यक्ष समसुदिन शेख, कमलपोखरी इकाई समिति अध्यक्ष महेश ठाकुर, काठमाडांै जिल्लाका प्रथम उपाध्यक्ष राजुलाल श्रेष्ठ, पूर्व क्षेत्रीय अध्यक्ष विष्णुकुमार श्रेष्ठ, पश्चिम क्षेत्रीय अध्यक्ष शैलेश ठकुरीले तालिमलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच