हवाई टिकटमा इसेवाको प्रयोग बढ्दै

Read Time = 1 min

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाबाट अन्तर्राष्ट्रिय गन्तव्यको टिकट काट्नेको संख्या बढ्दै गएको छ । पछिल्ला दिनमा नेपाली तथा विदेशीहरू इसेवामा सेवा सहज र सरल हुँदै गएका कारण विदेश भ्रमणमा रहँदा सबैभन्दा पहिले इसेवाको मोबाइल एप्समार्फत् टिकट काट्न थालेको कम्पनीले जनाएको छ । इसेवाले अन्तर्राष्ट्रिय गन्तव्यका लागि थप सुविधा प्रदान गर्दै आएको छ ।

नेपालको आन्तरिक उडान क्षेत्रमा लामो समयदेखि टिकट बिक्री गर्दै आएकोमा अन्तर्राष्ट्रिय उडानको समेत टिकट बिक्री गर्दा आकर्षण बढ्दै गएको कम्पनीको भनाइ छ । इसेवामार्फत् वैदेशिक यात्रामा जाने हरेक नेपालीले कुनै पनि देशका गन्तव्यका हवाई टिकट सहजै काट्न सकिने बताइएको छ । इसेवा टुर्स एण्ड ट्राभल्सले हालसम्म ६० हजारभन्दा धेरै यात्रुलाई अन्तर्राष्ट्रिय गन्तव्यको सुविधा प्रदान गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?