हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । चिसो बढेसंगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् ।

जिल्लाका अधिकांस विद्यालयले वार्षिक परीक्षा सकेर मिनपचास विदाका लागि विद्यालय बन्द गरेका छन् भने सदरमुकाम आसपासका अधिकांस विद्यालयले फागुन पछि मात्रै वार्षिक परिक्षा सम्पन्न गरेर नयाँ शैक्षिक शत्र सञ्चालन गर्ने भएका छन् । बन्द भएका विद्यालय अब फगुनमा मात्र खुल्ने छन् ।

हिउँदमा अत्याधिक चिसो हुने भएकाले हुम्ला लगायत साविकका कर्णालीका हिााली जिल्लामा नेपाल सरकारले हिउँदे विदा दिदैँ आएका छन् । जिल्लामा पुस र मात्र दुई महिनामा हिउँदे विदा हुन्छ भने फाल्गुन २ गतेबाट सम्पुर्ण सामुदायिक विद्यालय सञ्चालनमा आउने गर्दछन् ।

पुसमा अत्यधिक जाडो हुने भए पनि यो वर्ष मंसीरमै जाडो बढेको थियो । तर यो हुम्लामा चिसो बढेपनि हिमपात भने भएको छैन् । मंसिर महिनाबाटै सेताम्ये हुने हिमाली जिल्ला यो वर्ष त्यस्तो देखिएको छैन् ।

दुइ महिना वित्न लाग्दा पनि हुम्लामा हिमपात भएको छैन् । जिल्लाको तापक्रम माइनसमा झरेको छ । भने सदरमुकाम सहित जिल्ला भरमा रहेका खानेपानीका पाइपमा वरफ जमेर कतिपय धारा बन्द हुने गरेका छन् ।

जिल्लामा कुल १५१ वटा सामुदायिक विद्यालय रहेकोमा सबै विद्यालय बन्द भएको जनाइएको छ । यसमा २७ वटा मावि र १२४ वटा आधारभूत विद्यालय रहेका छन् । यस्तै निजी विद्यालय समेत बन्द रहेका छन् ।

नियमानुसार हिमाली जिल्लाका विद्यालयमा पुस १६ बाट फागुन १ गतेसम्म हिउँदे बिदा (मिनपचास) को प्रावधान रहेको छ । यहाँका विद्यालयहरुले वार्षिक परीक्षा भने आगामी चैत्र महिनामा सञ्चालन गर्नेछन् ।

यसअघि मंसिर महिनामा वार्षिक परीक्षा सञ्चालन गर्ने गरिएको थियो । भने कोरोनाअघि यहाँ फागुन २ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने गरेको थियो । कोरोनाले जिल्ला नयाँ शैक्षिक शत्र सञ्चालनमा परिवर्तन भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?