बलात्कार कसुरमा १२ वर्ष कैद सजाय

हिमालय टाइम्स
Read Time = 1 min

गलकोट । एक १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा बागलुङको जैमिनी नगरपालिका-२ का ४३ वर्षीय दिलबहादुर थापालाई १२ वर्ष कैद सजाय भएको छ ।

विसं २०७८ भदौ ९ गते बालिकालाई अपहरण गरी १४ गतेसम्म विभिन्न स्थानमा पुर्‍याएर अभियुक्त थापाले बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले उक्त सजाय सुनाएको हो । जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले निजलाई कैद सजायसँगै पीडितलाई रु ३० हजार क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको अदालतका इजालाश अधिकृत गङ्गाधर सापकोटाले बताउनुभयो ।

उक्त घटनाका सम्बन्धमा पीडितका परिवारले २०७८ भदौ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पछि प्रहरीले थापालाई भदौ २७ गते चितवनबाट पक्राउ गरी कात्तिक ७ गते जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक बनाइ जबरर्जस्ती करणी गरेको कसुरमा कारबाही अघि बढाउनका साथै पूर्पक्षका लागि अदालतको आदेशानुसार थुनामा राखिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?