गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

हिमालय टाइम्स
Read Time = 1 min

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले  संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनु भएको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ३३ सांसदको समर्थन प्राप्त एमालेका संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभयो ।

गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङे को समर्थनमा खगराजले मुख्यमन्त्री दाबी गर्नुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?