बालिका अपहरण गरि बलात्कार गर्ने थापालाई १२ वर्ष कैद सजाय

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 2 mins

बागलुङ । १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा बागलुङको जैमिनी नगरपालिका–२ का ४३ वर्षीय दिलबहादुर थापालाई १२ वर्ष कैद सजाय भएको छ ।

अदालतले २०७८ भदौ ९ गते बालिकालाई अपहरण गरि भदौ १४ गते सम्म विभिन्न स्थानमा पु¥याएर बलात्कार गरेको कसुर ठहर गरेको हो ।

जिल्ला न्यायाधीश दिवाकर भट्टको ०७९ पुस २४ गतेको अन्तिम आदेशले थापालाई कैद सजायसँगै पीडितलाई ३० हजार क्षतीपूर्ती दिनुपर्ने फैसला गरेको जिल्ला अदालत बागलुङका इजालाश अधिकृत गंगाधर सापकोटाले बताउँनुभयो । थापाले बालिकालाई अपहरण गरि बलात्कार गरेको भन्दै परिवारले ०७८ भदौ १६ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिएका थिए ।

प्रहरीले थापालाई ०७८ भदौ २७ गते चितवनबाट पक्राउ गरि ०७८ कात्तिक ७ गते जिल्ला अदालत बागलुङमा अपहरण तथा शरीर बन्धक बनाई जबरजस्ती करणी गरेको कसुर शिर्षकमा मुद्दा दर्ता गरेको थियो । थापा तत्कालिन जिल्ला न्यायाधीश बासेदेव न्यौपानेको ०७८ कात्तिक ८ गतेको इजालाशले पुर्पक्षको लागि जिल्ला कारागार बागलुङमा थुनामा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?