काठमाडौं । वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेलले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
बेलले ३३ वर्षको उमेरमा फुटबल खेलबाट सन्यासको घोषणा गरेका हुन् ।
बेलले सामाजिक सञ्जालमार्फत् सोचविचार गरेर नै क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको उल्लेख गरेका छन् ।
बेल वेल्सका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले वेल्सका लागि १ सय ११ खेल खेलेका छन् ।
उनले साउथह्याम्पटन, टोटनह्याम र रियल मड्रिड तथा अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीबाट पनि खेलेका थिए । कतार विश्वकपमा समुह बी मा रहेको वेल्स समूह चरणबाटै बाहिरिएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच