३ किलो चरेशसहित पोखराबाट १ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

पोखरा । पोखराबाट ३ किलो चरेशसहित १ जना पक्राउ परेका छन् । कास्की प्रहरीले पृथ्वीचोकबाट चरेशसहित ३५ वर्षका विरेन शाहीलाई पक्राउ गरेको हो ।

प्रहरीले शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट चरेश बरामद गरेको हो । उनले बोकेको झोलाबाट ३ किलो ३ सय ग्राम चरेस र एक थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध लागुऔषध सम्बन्धि मुद्धामा अदालतबाट सात दिनको म्याद थप गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?