रोनाल्डो र मेस्सीबीच मैत्रीपूर्ण खेल हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । विश्वका चर्चित दुई फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आगामी साता हुने मैत्रीपूर्ण खेलमा दुई क्लबको नेतृत्व गर्दै रियादमा खेल्ने भएका छन् ।

खेलमा मेस्सीले पेरिस सेन्ट जर्मेइन (पीएसजी) र रोनाल्डोले नयाँ क्लब अल नासर तथा साउदीको अर्को क्लब अल हिलालका खेलाडी मिलेर बनेको टोलीसँग जनवरी १९ मा रियादमा मैत्रीपूर्ण खेल खेल्ने घोषणा गरेका हुन् ।

कतारको स्वामित्वमा रहेको पीएसजीले जनवरी १७ मा दोहाको यात्रा गर्नेछ । रोनाल्डो र मेस्सीले पछिल्लो १५ वर्षमा १२ पटक बालोन डी’ओर जितेका छन् ।

उनीहरूको प्रतिद्वन्द्विता नौ वर्षको दौडानमा बढ्यो जसमा उनीहरू स्पेनमा एक अर्काको बिरूद्ध प्रतिस्पर्धा गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?