ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना

हिमालय टाइम्स
Read Time = 2 mins

ब्रासिलिया । ब्राजिलका अति दक्षिणपन्थी पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई पेटको दुखाइका कारण अस्पतालमा भर्ना गरिएको छ ।

उनका समर्थकहरूले ब्रासिलियामा राज्यका महत्वपूर्ण अंगमा आक्रमण गरेको एक दिनपछि उनी फ्लोरिडाको अस्पतालमा उपचार गराइरहेको उनकी श्रीमतीले जानकारी दिइन ।

ब्राजिलको ओ ग्लोबो अखबारका अनुसार ६७ वर्षीय बोल्सोनारोलाई फ्लोरिडा बाहिर एडभेन्टहेल्थ सेलिब्रेसन एक्यूट केयर अस्पतालमा भर्ना गरिएको छ, जहाँ पूर्व राष्ट्रपतिले डिसेम्बर ३१ मा आफ्नो कार्यकाल समाप्त हुनु दुई दिन अघि यात्रा गरेका थिए ।

सन् २०१८ र्मा राष्ट्रपतिमा निर्वाचित भएपछि आयोजित विजयी ह्यालीमा उनको पेटमा चक्कु प्रहार भएको थियो । त्यसपछि उनी नियमित परीक्षणमा छन् ।

आइतबार झण्डाको हरियो र पहेंलो लुगा लगाएका उनका समर्थकहरुले राज्यका तीन वटै शक्तिमा पुगेर हमला गरेका थिए ।

उक्त घटनालाई सन् २०२१ को ६ जनवरीमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले अमेरिकी क्यापिटल भवनमा गरेको आक्रमणसँग तुलना गरिएको थियो ।

दक्षिणपूर्वी शहर अराराक्वारामा गम्भीर बाढीले प्रभावित क्षेत्रको भ्रमण गरेका लुलाले ब्राजिलियामा संघीय हस्तक्षेप घोषणा गर्दै आफ्नो सरकारलाई राजधानीमा कानून र व्यवस्था पुनर्स्थापना गर्न विशेष अधिकार दिएका थिए । एजेसी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?