रेशम चौधरी रिहा नभएपछि नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पूरा नगरेको भन्दै प्रतिपक्षमा बस्ने जानकारी गराएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतमाथि धारणा राख्ने क्रममा नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग पूरा नगरेकाले प्रतिपक्षमा बस्ने जानकारी गराएको हो ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले झुठ्ठा मुद्दाका कारण जेलमा रहेका रेशम चौधरीसहितका राजबन्दी रिहा गर्ने काम नभएकाले आफूहरुले प्रतिपक्षमा रहने जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जानकारी गराउँदै उहाँले विश्वासको मत दिए पनि माग पूरा नभएकाले प्रतिपक्षमै रहने बताउनु भयो ।

‘प्रधानमन्त्रीज्यू, तपाइँले गरेको वाचा पूरा भएको भए आज हामी सत्तापक्षकै कुर्सीमा हुन्थ्यौँ, जबसम्म हाम्रो मागको सम्बोधन पूरा हुँदैन, तबसम्म प्रतिपक्षकै बस्नेछौँ,’ उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?