टोकियो । जापानका प्रधानमन्त्री फुमिओ किशिदामाथि आक्रमण भएको छ । प्रधानमन्त्री फुमिओ पश्चिमी जापानको बन्दरगाहको भ्रमण गर्न आएका बेला आक्रमण भएको हो ।
वाकायामा भ्रमणमा रहेका बेला ठूलो विष्फोट भएपछि उनलाई सकुशल बाहिर निकालिएको बताइएको छ । उनीहरुतर्फ ग्यास वा पाइप बम प्रहार गरिएको थियो । उनले भाषण सुरु गर्नुअघि नै आक्रमण भएको हो ।
सुरक्षा बलले आक्रमणकारीलाई समातेको छ । एउटा बन्दरगाहमा भिषण विष्फोट भए पनि कुनै मानवीय क्षति भने भएको छैन । घटनामा संलग्न भएको आशंकामा एक व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको फुटेज सार्वजनिक भएको छ।
जुलाई २०२२ मा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि सार्वजनिक कार्यक्रममै गोली प्रहार भएको थियो । उनको सोही आक्रमणमा परेर मृत्यु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच