ब्राजिलमा संसद र राष्ट्रपति भवनमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न आदेश

हिमालय टाइम्स
Read Time = 1 min

ब्रासिलिया। ब्राजिलको न्यायिक आयोगले संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमाथि आक्रमण गरेको घटनामा संलग्न भएका उच्च सरकारी अधिकारीहरूलाई पक्राउ गर्न आदेश दिएको छ ।

सोही आदेश अनुसार ब्राजिलको सैन्य प्रहरीका पूर्वकमाण्डर र पूर्वसुरक्षा प्रमुख एन्डर्सन टोरसलाई पक्राउ गरिएको हो ।

प्रहरी कमाण्डर कर्नेल फाबियो अगस्टोलाइ बर्खास्त गरिएको छ ।

ब्राजिलका पूर्वराष्ट्रपति जयर बोल्सोनारोका समर्थकहरूले देशका संवेदनशील निकायमा आक्रमण गरेपछि ब्राजिल सरकारले कडा कदम चालिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?