शुक्रबार एन्फाको आकस्मिक बैठक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार कार्यसमितिको आपत्कालीन बैठक डाकेको छ । एन्फा महासचिव किरण राईले एन्फा पदाधिकारी तथा सदस्यहरूलाई आपत्कालीन बैठकका लागि मंगलबार पत्र पठाउनुभएको छ । ‘अखिल नेपाल फुटबल संघको विधान २०७७ संस्करणको धारा ३९ (२) बमोजिम विशेष परिस्थितिमा कार्यसमितिको आपत्कालीन बैठकमा उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु,’ महासचिव राईले जारी गरेको पत्रमा उल्लेख छ ।

बैठक शुक्रबार दिउँसो १ः०० बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुनेछ । कुन-कुन एजेण्डामा छलफल हुने भन्ने विषय पत्रमा उल्लेख नगरिएको एन्फाका एक सदस्यले बताउनुभयो । यस्तै, शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल चैत १५ गतेबाट सुरु हुने भएको छ । एन्फा र ‘बी’ डिभिजन क्लबबीच बसेको बैठकले चैत १५ गतेबाट लिग गर्न सहमति गरेको हो ।

एन्फाले ‘बी’ लिग क्लबलाई दिँदै आएको तयारी खर्चसमेत बढाएको छ । एन्फाले तयारी खर्चबापत क्लबलाई १४ लाख ५० हजार दिने निर्णय गरेको छ । क्लबले माघ २९ गतेसम्म नाम दर्ता गर्नुपर्ने एन्फाले जनाएको छ । त्यस्तै, चैत ७ गतेसम्म क्लबले कम्तीमा २० खेलाडीको नाम दर्ता गर्नुपर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?