आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने

Read Time = 2 mins

काठमाडौं । आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने भएको छ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको माओवादी समाजवादीबीच एकता हुन लागेको हो ।

एकताका लागि आम जनता पार्टीबाट बद्री न्यौपाने र उमेश कुशवाह तथा माओवादी समाजवादीबाट तिलक थापामगर र रगनाथ ढकाल रहेको समिति गठन गरिएको छ ।

एकतापछि नयाँ पार्टीको नाम भने आम जनता पार्टी नै रहने आजपाका प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिनुभयो। उहाँका अनुसार अग्रगामी शक्तिहरुको ध्रुवीकरणको रुपमा विभिन्न राजनीतिक दलहरुसँग एकताको अभियानमा आजपा लागेको हो ।

भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिँदै रौतहट ३ बाट लगातार चौथोपटक निर्वाचित हुनु भएका साहले केही समयअघि आफ्नै नेतृत्वमा पार्टी गठन गर्नुभएको थियो ।

आजपा गठन भएलगत्तै जनता समाजवादी पार्टीका रौतहट जिल्ला सचिव लखिन्द्र यादव, नेपाल संघीय समाजवादी पार्टीबाट रौतहट १ (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवार जाजुल देवानलगायत सयौँ आम जनता पार्टीमा प्रवेश गरेका थिए । पूर्वसहरी विकास राज्यमन्त्री एवं काठमाडौ ७ बाट संविधानसभा सदस्य र प्रतिनिधि सदस्य रहिसक्नुभएका रामवीर मानन्धर पनि आजपामै आवद्ध हुुनुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?