नबिलको ३० प्रतिशत लाभांश पारित

Read Time = 1 min

काठमाडौं । नबिल बैंकको शुक्रबार काठमाडौंमा सम्पन्न ३८औँ वार्षिक साधारणसभाले सेयरधनीलाई कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छे । बैंक सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृतिअनुसार आव २०७८/०७९ सम्मको सञ्चित मुनाफा तथा अन्य वितरणयोग्य कोषबाट सेयरधनीलाई १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

साधरणसभाले संस्थापक सेयरधनी समूहतर्फका तीन पदमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिबलाई सञ्चालकमा निर्वाचित गरेको छ । नबिल बैंक आव २०७८/०७९ मा निजी क्षेत्रका बैंकमध्ये उच्चतम मुनाफा चार अर्ब २५ करोड ६० लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरपछि बैंकको चुक्ता पुँजी यस वर्ष २७ अर्ब नाघेको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?