सबैलाई मिलाएर लैजाने नेतृत्व आवश्यक छ : डा. लोहनी

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सबैलाई समेट्ने र सबैलाई मिलाएर लैजाने नेतृत्व आवश्यक रहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा स्व.सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देशमा पूर्वाग्रह नराख्ने, सबैलाई समेटेर लिने, सबैलाई मिलेर लैजाने एउटा परिस्थिति आवश्यक रहेको बताउनु भयो । उहाँले उदयमान अर्थतन्त्रका दुई देश चीन र भारतबाट सिकेर नेपालले काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले राजनीतिक स्थिरता देशको लागि आवश्यक भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई लाग्छ अहिले देशमा पूर्वाग्रह नराख्ने, सबैलाई समेटेर लिने, सबैलाई मिलेर लैजाने एउटा परिस्थिति आवश्यक छ । त्यो संस्कृतिको आवश्यक छ । एकातिर चीन छ, एकातिर भारत छ, यो दुई वटा देशमा तीन कुराको समानता छ । एउटा समानता यो दुई वटै देशमा पोलिटिकल स्टाबलिटी छ । भारतमा १० वर्ष भयो, एउटा पार्टीले नेतृत्व लिएर शासन गरेको । मान्छेमा आशा जगाउन सकेको छ । अब हाम्रो दिन आयो भन्ने परेको छ, भारतीयहरुमा । चीन आफैँ पनि विश्व शक्ति भयौँ भनेर आएको छ । राजनीतिक स्थिरता भएको देश छ । दुई देशमै राजनीतिक स्थिरता छ । दुवै देशमा आर्थिक विकास तिब्र गतिले भएको छ । भारतमा ७ प्रतिशतको आर्थिक विकास नर्मल भएको छ । ७ प्रतिशतको दरले भारतको आम्दानी अर्को २५ वर्षमा १५ हजार डलर पुग्न सक्छ । दुवै देश आर्थिक रुपमा शक्ति सम्पन्न राष्ट्रको रुपमा गइरहेका छन् । दुवै देशमा राष्ट्रियता असाध्यै शक्तिशाली रुपमा आएको छ ।’

पूर्वअर्थमन्त्री लोहनीले नेपाल राजनीतिक रुपमा अस्थिर, आर्थिक रुपमा कमजोर र राष्ट्रिय हितको पक्षमा खुट्टा कमाउने स्थितिमा पुगिरहेको बताउनु भयो । उहाँले कसैले कसैलाई निषेध नगरी राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ राजमार्गको परिकल्पनामा सहमति हुन जरुरी रहेको जिकिर गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?