मन्त्रिपरिषद्लाई आज साँझसम्म पूर्णता दिने प्रधानमन्त्रीको तयारी

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्नुभएको छ । उहाँले आज बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गर्नुभएको हो ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग कुरा गर्दै उहाँले सात दलबीच कुनै विवाद नरहेको दाबी गर्दै आइतबार (आज) बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको बताउनुभएको थियो ।

अहिलेसम्म तीन उपप्रधानमन्त्रीसहित आठ मन्त्री सरकारमा सहभागी भएका छन् । चार मन्त्रीलाई भने अहिलेसम्म जिम्मेवारी तोकिएको छैन ।

मन्त्रालयको भागबन्डा मिलाउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतसँग प्रचण्डले दिनहुँ जस्तै छलफल गर्दै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?