युक्रेनका विभिन्न सहरमा तीब्र हमलाः १४ जनाको मृत्यु, ६४ घाइते

हिमालय टाइम्स
Read Time = 1 min

मस्को । रुसले युक्रेनका विभिन्न सहरहरुमा तीब्र हमला गरेको छ ।  युक्रेनी सहर किभ, खार्किभ र निप्रोलाई निशाना बनाएर रुसी सेनाले कैयौं हमला गरेका  छन् ।

पूर्वी युक्रेनी सहर निप्रोमा रहेको एक आवासीय भवनलाई लक्षित गरी शनिबार भएको आक्रमणमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ६४ जना घाइते भएका छन् ।

यसैबीच, युक्रेनको राजधानी कीभ र पूर्वी सहर खार्किभका महत्वपूर्ण पूर्वाधारहरू शनिबार बिहान रुसी मिसाइल आक्रमणबाट प्रभावित भएका छन् । अर्को क्षेत्रका गभर्नरले आगामी घण्टामा ठूलो मिसाइल आक्रमणको चेतावनी दिएका छन् ।

‘महत्वपूर्ण पूर्वाधार सुविधाहरूमा मिसाइल आक्रमण भएको छ । विवरणहरू जाँच भइरहेको छ’, राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले भने । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?