निक्षेपमा नबिलको नयाँ ब्याजदर

Read Time = 1 min

काठमाडौं । नबिल बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर घटेको छ । बैंकले बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम् ९.४२ प्रतिशतसम्म ब्याज निर्धारण गरेको हो । बैंकको मुद्दती निक्षेपमा नौ प्रतिशतदेखि अधिकतम् ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो ।

बैंकले रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ भने कर्जामा अकितम् छ प्रतिशतसम्म प्रिमियम शुल्क तोकेको छ । बैंकको असोज मसान्तसम्म आधारदर ९.४५ प्रतिशत रहेको छ भने स्प्रेडदर ४.०३ प्रतिशत रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?