विमान दुर्घटनामा हराइरहेकाको खोजी बिहानैदेखि सुरु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धार कार्य आज बिहानैदेखि सुरु भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार आज बिहानैदेखि उद्धार कार्य थालिएको हो ।

हिजो बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी विमान पोखरा विमानस्थल नजिक सेती नदीको खोँचमा खसेको थियो ।

हिजो दिनभरि नै उद्धारकार्य गरिएको थियो रात परेपछि उद्धारकार्यमा कठिनाइ भएकाले आज बिहानदेखि थाल्ने गरी स्थगित गरिएको थियो । यस्तै पहिचान भएका पोखरा र आसपासका व्यक्तिको शव आज पोखरामा नै आफन्तको जिम्मा लगाउने लगाउने तयारी छ ।

उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?