काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ ।
वालकोटस्थित ओली निवासमा भएको भेटमा मन्त्रिपरिषद विस्तार, राष्ट्रपति तथा सभामुखलगायत राज्यका प्रमुख निकायका बाँडफाँडका बारेमा सल्लाह भएको छ ।
प्रधानमन्त्री निर्वाचित भएको एक महिना वितिसक्दा पनि मन्त्रिपरिषद विस्तार तथा अन्य निकायको बाँडफाँड अझै टुंगो लाग्न सकेको छैन ।
राप्रपालगायतलाई सरकारमा सहभागी गराउने भन्ने बिषयमा पनि छलफल भएको छ । दुवै नेता मन्त्रिपरिषदलाई चाँडै पुर्णता दिनेमा सहमत हुनुभएकाे छ ।
पुस २६ मा प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् बिस्तारको गृहकार्यमा हुनुहुन्छ । आइतबार साँझ पनि उहाँहरुबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।
आजको भेटमा ओली-प्रचण्डबीच मन्त्रिपरिषद् बिस्तार, राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल भइरहेको ओलीको सचिवालयले जानकारी दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच