बाल आश्रमका बालबालिकालाई राहत वितरण

Read Time = 3 mins

-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । कोहलपुर ११ स्थित आशा बाल अनाथ आश्रमलाई राहत वितरण गरिएको छ ।

बेटर बाँकेले आश्रमद्धारा खाद्यन्न तथा बल्याङकेट वितरण गरिएको हो । विभिन्न व्यक्तिहरुबाट सहयोग जुटाएर आश्रमलाई राहत प्रदान गरिएको बेटर बाँकेले जनाएको छ ।

बेटर बाँकेको सहकार्यमा कोहलपुर मोडेल कलेजका प्राध्यापक समाजसेवी हरि पोख्रेलले यस वितरणमा सम्पुर्ण खाद्य सामग्रीको लागि आर्थिक सहयोग गर्नुभएको थियो । अन्य आर्थिक संकलनमा युवराज देवकोटा, जिवन रावत र रन्जिता अधिकारीले समन्वय गर्नुभएको थियो ।

आश्रमलाई ३ महिनालाइ पुग्ने गरि राशन र ४ थान बल्याङकेट सहयोग गरिएको संस्थापक अध्यक्ष युवराज देवकोटाले बताउनुभयो । उहाँका अनुसार आश्रममा रहेका बालबालिकाहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले राहत वितरण गरिएको हो । उहाँले आफ्नो संस्थाले समाजमा रहेका विभिन्न समुदाय तथा व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेको बताउनुभयो ।

प्रेमनगरमा अवस्थित यस आश्रम बिगत दुई बर्षदेखि सञ्चालनमा रहेको छ । बालिकाहरुलाइ खाद्यान्न तथा न्यानो कपडाको अभाव रहेको जानकारी प्राप्त भएपछि आर्थिक संकलन गरेर सहयोग गरिएको देवकोटाको भनाइ छ ।

यस्तै चिसोका कारण हुने समस्या समाधानका लागि संस्थाको तर्फबाट जिल्लाका विभिन्न क्षेत्रमा सहयोग गरिरहेको उहाँले बताउनुभयो । जिल्लाका अन्य क्षेत्रसहित बेटर बाँकेले सफा र नच्यातिएको लुगा तथा जुङ्गे पिज्जा कर्नर कोहलपुर दशविघामा संकलन गरि आवश्यक व्यक्तिहरुलाई वितरण भइरहेको छ । यस्तै उहाँले ‘जाडोको लागि न्यानो अभियान’ सुरु गरिएको समेत बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?