कर्णालीलाई सङ्घीय मन्त्री नदिइएको गुनासो

Read Time = 2 mins

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले सङ्घ सरकारमा कर्णाली अट्न नसकेको टिप्पणी गर्नुभएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौँ बैठकमा बोल्दै नेता शाहीले कर्णालीप्रति केन्द्रले हेर्ने दृष्टिकोण आज पनि सकारात्मक नभएको जिकिर गर्नुभयो । “कर्णालीबाट अनुभव बटुलेका नेताले जितेर गएका छन्,” उहाँले भन्नुभयो, “तथापि मङ्गलबार विस्तार भएको सङ्घ सरकारको मन्त्रिपरिषद्मा कर्णाली अट्न सकेन ।”

कर्णालीको मुख्यमन्त्रीसमेत भइसक्नुभएका नेता शाहीले नकारात्मक व्यवहार गरिएको भन्दै केन्द्रीय नेतृत्वप्रति आक्रोश व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “केन्द्रले अहिले देखाएको व्यवहार हामीले साझा चिन्तन र एकमत भएर हिँड्न नसकेको परिणाम हो ।” कर्णालीको प्रतिपक्ष गरिबी, रोग र अशिक्षा भएको उल्लेख गर्दै उहाँले सबै मिलेर कर्णाली निर्माणको अभियानमा हातेमालो गर्ने उदाहरणीय व्यवहार देखाउन सम्पूर्ण प्रदेशसभा सदस्यलाई अनुरोध गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?