काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको सभामुखमा ईश्वरीदेवी न्यौपानेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्नुभएकाे छ ।
लामो समय नेपालको संसदीय प्रक्रियामा सहभागी भई महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तित्व भएकाले पनि न्यौपानेलाई सभामुखमा निर्वाचित गर्न सांसद शर्माले आग्रह गर्नुभयाे ।
शर्माले संसद् विपक्षको भन्ने मान्यताअनुसार कांग्रेसका न्यौपानेलाई विजयी गराउन माग गर्नुभयाे । संसदको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसले सभामुखको उम्मेदवार बनाएकाले यसलाई अन्यथा नलिन उहाँले आग्रह गर्नुभयाे ।
न्यौपानेको समर्थकमा एकीकृत समाजवादीका प्रकाश ज्वालाले समेत सहयोग गर्न आग्रह गर्नुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच