१३ वर्षपछि घर फर्काइयो बेनी आक्रमणको ‘साक्षी’ युद्ध पोल

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा तत्कालीन माओवादी र नेपाली सेनाबीच २०६० साल चैत ७ गते भएको बेनी भीडन्तमा दुवै पक्षको गोली लागेर छियाछिया भएको बिजुलीको पोल (युद्ध पोलं बेनीबाट गायव भएको १३ वर्ष पछि पुनः बेनीमा नै फर्काइएको छ ।

तत्कालीन शसस्त्र संघर्षरत माओवादी र सरकारी सेनाबीच बेनी भीडन्तको साक्षी बनेको युद्ध पोल (बिजुलिको पोल) २०६७ असोज २१ गते काठमाण्डौमा पुर्याइएको थियो ।

काठमाण्डौंस्थित मदन पुरस्कार पुस्तकालय गुठीको हाताभित्र रहेको यालमायाँ केन्द्रमा राखिएको युद्धपोललाई बिहीबार फिर्ता गरिएको हो । मदन पुरस्कार पुस्तकालयलाई बेनी नगरपालिकाबाट भएको लिखित पत्राचार र औपचारिक भेट गरी भएको आग्रह बमोजिम उक्त पोललाई फिर्ता गरेको हो । बेनी नगरपालिकाका नगर प्रहरी हवल्दार शंकर पौडेललाई केन्द्रले उक्त युद्धपोल हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ ।

जिल्लाबाट भएको निरन्तरको पहलले युद्धपोल फिर्ता आएको र यसलाई बेनीमा निर्माण गरिने शान्ति पार्कमा युद्ध स्मारकका रुपमा संरक्षण गरिने बेनी नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयो ।

बेनी नगरपालिकाको मेयरमा निर्वाचित भएपछि केसीले युद्धपोललाई बेनीमा ल्याएर संरक्षण गर्ने निर्णयमा पहिलो हस्ताक्षर गर्नुभएको थियो । नगरपालिकाले बेनीको विरेन्द्रचोक नजिकै शान्ति पार्क बनाउने तयारी गरेको छ ।

बेनीबाट मंगलाघाट जाने बाटोमा तत्कालीन सेनाको ब्यारेक अगाडी रहेको पोल बेनी भीडन्तमा दोहोरो गोली हानाहान हुँदा छियाछिया भएको थियो । बेनी आक्रमणको साक्ष्मी बनेको युद्धपोल जिल्लामा कुनै छलफल र निर्णय नगरिकन रातारात काठमाण्डौ पु¥याएपछि जिल्लामा यस बिषयमा निरन्तर बहस, छलफल र फिर्ताको लागि पहल हुँदै आएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?