उपसभामुखको उम्मेदवार टुंग्याउन रास्वापाको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदबारे छलफल गर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसदीय दलको बैठक बस्दैछ ।

बैठक आज बिहान साढे ९ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्न लागेको हो । सत्ता साझेदार दलबीचको भागबन्डामा उपसभामुख रास्वपाको भागमा परेको हो ।

रास्वपाबाट उपसभामुखमा सोबिता गौतम, डा. चन्दा कार्की, सुमना श्रेष्ठ र इन्दिरा रानामगरलगायत सांसदहरू आकांक्षी हुनुहुन्छ। तर रास्वपाले सांसद सोबिता गौतमलाई उम्मेदवार बनाउने सम्भावना बलियो छ ।

काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित गौतमले कानुनमा बीएलएलबी गर्नुभएको छ। उपसभामुखको चुनाव यही माघ ७ गते हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?