उपसभामुख निर्वाचन : आज उम्मेदवारी दर्ता, भोलि निर्वाचन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।

संघीय संसद् भवन नयाँबानेश्वरमा आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको संसद् सचिवालयले जनाएको छ ।

उपसभामुखको निर्वाचन कार्यतालिका अनुसार भोलि दिउँसो १ बजे संसदमा चुनाव हुनेछ । सत्ता गठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ ।

सोहीअनुसार गठबन्धन दलले रास्वपाकी सोविता गौतमलाई उपसभामुख बनाउने तयारी छ । सत्ता साझेदार दलबाट सभामुखमा एमालेका देवराज घिमिरे भएपछि उपसभामुखमा रास्वपाकी गौतमलाई बनाउने तयारी गरिएको हो ।

नेपाली कांग्रेसले पनि उपसभामुखमा उम्मेदवार उठाउने निर्णय गरेको छ । यसबारे पार्टीले आज थप निर्णय लिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?