काठमाडौ । राजधानी काठमाडौंको न्यूनतम तापक्रम हिजोको भन्दा आज घटेको छ ।
हिजो न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस रहेकोमा आज १० डिग्रीमा झरेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो। उहाँका अनुसार नेपालमा अहिले पश्चिमी वायुको प्रभाव परेको छ । यसले गर्दा मौसम बदलीसँगै चिसो हावा चल्न थालेको छ । न्यूनतम र अधिकतम तापक्रम घट्न थालेको छ।
काठमाडौं उपत्यकासहित धेरै जिल्लामा दिउँसोको समयमा न्यानो भए पनि हुम्ला, जुम्ला र जोमसोमको न्यूनतम तापक्रम माइनसमा छ । हुम्ला, जुम्ला र जोमसोम क्षेत्रमा विगत केही दिनदेखि चिसो हावा चलिरहेको छ भने हिमपात पनि भइरहेको छ।
यस्तै, आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम बदली हुने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।
भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षाको अनुमान गरिएको छ । यस्तै, हिमपातको पनि सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच